NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लाथ्व एकादशी - ११

कर्णाली प्रदेशको तेस्रो विकास परिषद् बैठक सम्पन्न

कर्णाली प्रदेशको तेस्रो विकास परिषद् बैठक सम्पन्न

कर्णाली प्रदेशको तेस्रो विकास परिषद् बैठक सम्पन्न

सुर्खेत, २०८१ मंसिर २८ कर्णाली प्रदेश योजना आयोग सुर्खेतको आयोजनामा मिति २०८१ मंसिर २८ गते वीरेन्द्रनगर, सुर्खेतमा कर्णाली प्रदेशको तेस्रो विकास परिषद्को बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

बैठकको अध्यक्षता कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् आयोगका अध्यक्ष श्री यामलाल कडेलज्यूले गर्नुभएको थियो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजिव विक्रम शाहज्यूले सह-अध्यक्षताको भूमिका निर्वाह गर्नुभएको थियो। त्यस्तै, प्रदेशका विभिन्न विषयगत मन्त्रालयका माननीय मन्त्रीज्यूहरू, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय सुर्यनाथ योगी, आयोगका माननीय सदस्यहरू अशोकनाथ योगी र डम्बर बहादुर रावल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुखहरू, स्थानीय तहका प्रमुख वा उपप्रमुखज्यूहरूको उपस्थिति रहेको थियो।

यस महत्वपूर्ण बैठकमा कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८१/०८२२०८५/०८६) लाई अनुमोदन गर्ने निर्णय गरिएको छ।यो योजना प्रदेशको समग्र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने दस्तावेजका रूपमा रहनेछ। बैठकले उक्त योजना अनुमोदन गरी कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकमा पेश गर्ने निर्णय गरेको थियो।

बैठकमा सहभागी सरोकारवालाहरूले कर्णाली प्रदेशको दिगो र समावेशी विकासका लागि आवश्यक रणनीतिहरू तथा योजनाहरूबारे आफ्नो विचार राख्नुभएको थियो। बैठकको निष्कर्ष अनुसार दोस्रो पञ्चवर्षीय योजना आगामी पाँच वर्षका लागि प्रदेश विकासको आधारशीला बन्नेछ। यस योजनाले विशेष गरी प्रदेशको पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी प्रवर्धन, प्राकृतिक स्रोत साधनको परिचालन, सामाजिक समावेशिता तथा समग्र मानव विकासलाई प्राथमिकता दिने लक्ष्य लिएको छ। यो बैठक प्रदेशको दीर्घकालीन विकास योजनालाई मूर्तरूप दिनका लागि ऐतिहासिक क्षण बनेको छ।