कर्णाली प्रदेश योजना आयोगद्वारा प्रकाशित असल खानपान पुस्तक विमोचन कार्यक्रम सम्पन्न

Published On: 2023-10-04

कर्णाली प्रदेश योजना आयोगद्वारा प्रकाशित "असल खानपान" कर्णाली प्रदेशमा पोषण र असल खानपान सम्वन्धी सचेतना पुस्तिका, २०८० को मिति २०८०/०६/१६ गतेका दिन कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री एंव कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष राज कुमार शर्माज्यूबाट एक कार्यक्रम विच विमोचन गरियो । सो कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष योगेन्द्र बहादुर शाहीज्यूको अध्यक्षता एंव माननीय मुख्यमन्त्री एंव कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष राज कुमार शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहज्यू, माननीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माज्यू, माननीय जलश्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माज्यू, कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय ऋषि खनालज्यू, माननीय सदस्य जीत बहादुर शाहज्यू, प्रमुख सचिवज्यू, विभिन्न मन्त्रालयका सचिवज्यूहरु, विकास साझेदारका प्रमुख एंव प्रतिनिधिज्यूहरु, पत्रकारज्यूहरु लगायत कर्णाली प्रदेश योजना आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय जीत बहादुर शाहज्यूले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो । माननीय मुख्यमन्त्रीज्यूबाट असल खानपान पुस्तक विमोजन पश्चात कर्णाली प्रदेश योजना आयोगका सदस्य ऋषि खनालज्यूबाट असल खानपान पुस्तकको बारेमा विस्तृत जानकारी सहित प्रस्तुतीकरण गर्नुभयो ।कार्यक्रममा सहभागीहरुज्यूबाट असल खानपान पुस्तकलाई थप व्यवस्थित एंव उपयोगी बनाउने सन्दर्भमा आवश्यक राय, सल्लाह र सुझावहरु पेश गर्नुभएको थियो ।

 

 

सो कार्यक्रममा माननीय आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहज्यू, माननीय मुख्यमन्त्री एंव कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष राज कुमार शर्माज्यूले आफ्नो मन्तव्य सहित निर्देशन दिनुभएको थियो । कार्यक्रमको अन्तमा समापन मन्तव्य राख्दै कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष योगेन्द्र बहादुर शाही ज्यूले असल खानपान सचेतना पुस्तिकाले समुदाय स्तरमा सचेतना अभिवृद्दि गर्दै स्थानीय स्तरमा पाइने खाना नै पोषणयुक्त रहेछ भन्न कुरा जनमानसमा बुझाउन सहयोग पुर्याउने, सेवा प्रदायकहरुलार्इ कार्यक्रम संचालनका लागि मार्गदर्शकको रुपमा कार्य गर्ने र यसको सही प्रयोगले खराब खानपानबाट हुने शारीरिक विकृति र कुपोषण न्यूनीकरणमा पनि सहयोगी भूमिका खेल्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख बुद्धि बहादुर खत्रीज्यूले संचालन गर्नुभएको थियो ।