अन्तर प्रदेश संवाद तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

Published On: 2023-09-26

मिति २०८०।०६।०९ गतेका दिन कर्णाली प्रदेश योजना आयोग, सुर्खेतमा कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष श्री योगेन्द्र बहादुर शाहीज्यू, माननीय सदस्य श्री ऋषि खनालज्यू, माननीय सदस्य श्री जीत बहादुर शाहज्यू, का.मु. सदस्य सचिव श्री दीर्घ बहादुर पोखरेलज्यू, प्रशासकीय प्रमुख श्री बुद्धि बहादुर खत्रीज्यू लगायतका सम्पूर्ण कर्मचारीहरु र गण्डकी प्रदेश निति तथा योजना आयोगका सचिव श्री ऋषिराम तिवारीज्यूको नेतृत्वमा आउनु भएका कर्मचारीहरु विच अन्तर प्रदेश संवाद तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख श्री बुद्धि बहादुर खत्रीज्यू र गण्डकी प्रदेश निति तथा योजना आयोगका उप–सचिव श्री डिल्लीराम सिग्देलज्यूले प्रस्तुतीकरण पेश गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा योजना निर्माण, बजेट तथा कार्यक्रम तर्जुमा तथा योजना वितरण भइरहेका प्रावधान एवं कसरी चुस्त दुरुस्त एवं व्यवस्थित बनाउन सकिन्छ भने सन्दर्भमा समेत विशेष छलफल भयो ।