प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न

Published On: 2023-09-28

मिति २०८०।०६।१० गते कर्णाली प्रदेश योजना आयोग सुर्खेतमा कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष श्री योगेन्द्र बहादुर शाहीज्यूको अध्यक्षतामा प्रदेश स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न भयो । उक्त बैठकमा कर्णाली प्रदेश योजना अयोगका माननीय सदस्य श्री ऋषि खनालज्यू, माननीय सदस्य श्री जीत बहादुर शाहज्यू, का.मु सदस्य सचिव श्री दिर्घ बहादुर पोखरेलज्यू, कर्णाली प्रदेशका विभिन्न मन्त्रालयका सचिवज्यूहरु एवं महाशाखा प्रमुखज्यूहरु, कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुखज्यू, प्रदेश स्थित निर्देशनालय र विकास साझेदारका प्रमुख एवं प्रतिनिधिज्यूहरुको समेत उपस्थिति रहेको थियो । 
 
 
बैठकमा कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख श्री बुद्धि बहादुर खत्री लगायत कर्णाली प्रदेशका विभिन्न मन्त्रालय, प्रदेश स्थित निर्देशनालय र विकास साझेदारका प्रमुख एवं प्रतिनिधिज्यूहरुबाट आ.व. २०८०/०८१ मा संचालन हुने पोषण तथा खाद्य सुरक्षा सम्वन्धी कार्यक्रहरु बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उक्त बैठकमा स्थानीय तह छनौट, क्रियाकलाप तथा बजेट कार्यान्वयनको लागि स्थानीय तहलाई मार्गदर्शन, कर्णाली प्रदेश स्तरीय पाक शिक्षा श्रोत पुस्तिकाको प्रस्तावित विषयसूची र प्राविधिक समिति गठन लगायतका विषयहरुमा छलफल गरियो ।